हङकङको सेयर बजार ४ वर्षकै उच्च नजिक, अन्य एशियाली बजारमा समेत हरियाली
काठमाण्डौ । हङकङको सेयरबजार विगत ४ वर्षकै उच्च नजिक पुगेको छ । सोमबार हङकङको हाङसेङ इन्डेक्स १.९४ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै हाङसेङ इन्डेक्स २५ हजार ८२९ विन्दुको उचाईमा पुगेको छ । यो उचाई विगत ४ वर्षकै उच्च नजिक हो । हाङसेङ इनडेक्समा आज बाइडुको सेयरमूल्य सर्वाधिक अर्थात ६.०१ प्रतिशत र जिजन माईनिङ ग्रुपको सेयरमूल्य ५.९४ प्रतिशतले बढ्यो ।