अतिथि रिसोर्ट एण्ड स्पाले गर्यो आईपीओ निष्कासनको तयारी
काठमाण्डौ । अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।

