राष्ट्रपति र सभामुखसँग समन्वय गरी नयाँ मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।