साताको अन्तिम कारोबार दिन नेप्सेको शानदार प्रदर्शन, 'लगानीकर्तामा आत्मबल बढ्यो, अब बजार अझै माथि जान्छ'
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिनको सामान्य अंकको करेक्सनपश्चात आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३४.२२ अंकले बढेर २ हजार ६००.३८ विन्दुमा पुगेको हो ।नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार ‘यसअघि विशेषगरी जेनजी आन्दोलनले सेयरबजारलाई प्रत्यक्ष प्रभाव पारेका कारण...

