बुङ्गल हाइड्रोले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि आईपीओ जारी गर्ने
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा...