बिहीबार, बैशाख ३१,२०८३ 06:02:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:02:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुंगल हाइड्रोः दोस्रो त्रैमासको नाफा तेस्रोमा गायब, १०० रुपैयाँको आईपीओको बुक भ्यालु झरेर ८४ मा सीमित

Laxmi Sunrise Bank Limited
बुंगल हाइड्रोः दोस्रो त्रैमासको नाफा तेस्रोमा गायब, १०० रुपैयाँको आईपीओको बुक भ्यालु झरेर ८४ मा सीमित
Shivam Cement

काठमाण्डौ । तत्कालीन नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ परिवारको समेत लगानी रहेको बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्कासनपछि नै कमजोर वित्तीय अवस्थामा पुगेको देखिएको छ ।

कम्पनीले सार्वजनिक निष्कासनअघि प्रस्तुत गरेको प्रक्षेपण र वास्तविक वित्तीय अवस्थाबीच ठूलो अन्तर देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी करिब ४९ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ ।

Bizshala
New Office
CG Motors

यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) समेत ०.५९ रुपैयाँले नेगेटिभ बनेको छ । दोस्रो त्रैमाससम्म २ करोड ७७ लाख रुपैयाँ नाफामा रहेको कम्पनी तेस्रो त्रैमासमा एकाएक घाटामा फर्किनु लगानीकर्तामाझ थप चासोको विषय बनेको छ ।

यद्यपि, अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनी ४ करोड ७० लाख रुपैयाँ घाटामा रहेकाले तुलनात्मक रूपमा घाटा घटेको देखिन्छ । तर पछिल्लो त्रैमासमा आएको तीव्र गिरावटले कम्पनीको आम्दानीभन्दा खर्चको दबाब उच्च रहेको संकेत गरेको विश्लेषण गरिएको छ ।

कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । आम्दानी बढे पनि वित्त खर्च अनियन्त्रित बन्दा कम्पनीको समग्र वित्तीय अवस्था कमजोर बनेको देखिन्छ । तेस्रो त्रैमाससम्म मात्रै कम्पनीको वित्त खर्च ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ । सञ्चालन तथा कर्मचारी व्यवस्थापन खर्च पनि निरन्तर बढिरहेको वित्तीय विवरणमा उल्लेख छ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसमाथि, कम्पनीको कुल दायित्व २ अर्ब २९ करोड रुपैयाँभन्दा माथि पुगेको छ । उच्च ऋणभार र वित्त खर्चकै कारण नाफा टिकाउन नसकेको देखिन्छ ।

कम्पनी घाटामा गएसँगै प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँभन्दा तल झरेर ८४.६८ रुपैयाँमा सीमित भएको छ । अर्थात्, १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ खरिद गरेका लगानीकर्ताको सेयरको बुक भ्यालु नै प्रतिकित्ता करिब १६ रुपैयाँले घटेको अवस्था बनेको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.२९ रुपैयाँ रहेको थियो । तर पछिल्लो विवरणले कम्पनीको पूँजीगत आधार थप कमजोर बन्दै गएको संकेत गरेको छ ।

ऊर्जा क्षेत्रका केही कम्पनीहरूले आईपीओपछि आक्रामक वित्तीय प्रक्षेपण देखाए पनि वास्तविक सञ्चालनमा अपेक्षित प्रतिफल दिन नसकिरहेको सन्दर्भमा बुंगल हाइड्रोको पछिल्लो अवस्था लगानीकर्ताका लागि अर्को चेतावनी संकेतका रूपमा हेरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.