कोशी–गण्डकीमा चट्याङसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो
काठमाडौं । देशभरको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यही मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना बढेको छ ।

