सिईडिबी होल्डिङ्सको नाफामा ५०.६४% को सुधार, ईपीएस ६१.०३ रुपैयाँ पुग्यो
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा सुधार गर्दै नाफा बढाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३१ करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले ३२ करोड ५८ लाख रुपैयाँबराबरको...

