लामो समयपछि फर्किएका कोनोर म्याकग्रेगरले ६९ सेकेन्डमै हारे यूएफसी फाइट
काठमाण्डौ । लामो समयपछि अष्टकोनमा फर्किएका पूर्व यूएफसी च्याम्पियन कोनोर म्याकग्रेगरको पुनरागमन निराशाजनक रूपमा अन्त्य भएको छ। यूएफसी ३२९ को मुख्य भिडन्तमा म्याक्स होलोवेविरुद्ध प्रतिस्पर्धा गर्ने क्रममा म्याकग्रेगर दायाँ घुँडामा लागेको चोटका कारण केवल ६९ सेकेन्डमै टीकेओ (टेक्निकल नकआउट) हार व्यहोर्न बाध्य भए।३७ वर्षीय आयरिस खेलाडी म्याकग्रेगरले सुरुवाती क्षणमै...

