एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी
काठमाण्डौ । सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । शुक्रबार एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आवको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।