राप्रपाबाट ठूलो विद्रोह, धवलशमशेरसहित १८३ जनाले पार्टी छाडे
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवाद चुलिँदै जाँदा ठूलो समूहले पार्टी परित्यागको घोषणा गरेको छ। पार्टीका महामन्त्री डा.धवलशमशेर राणासहित १८३ जना नेता–कार्यकर्ताले संयुक्त रूपमा राप्रपा छोडेको घोषणा गरेका हुन्।

