टिमुरे जाँदै गरेको बसबाट ४३ हजार डलर फेला, धादिङका युवक पक्राउ
काठमाण्डौं । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको यात्रुबाहक बसमा गरिएको चेकिङका क्रममा ४३ हजार अमेरिकी डलर फेला परेपछि प्रहरीले एक यात्रुलाई नियन्त्रणमा लिएको हो ।

