सेयरमा जोखिम, मुद्दतीमा न्यून ब्याजः डिबेञ्चर बन्यो बीचको बाटो !
काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाले जारी गरेका डिबेञ्चर अर्थात् ऋणपत्रको कारोबार अस्वाभाविक रूपमा बढ्न थालेको छ। सूचीकृत कम्पनीका सेयर मूल्य निरन्तर दबाबमा रहेका बेला बजारको कारोबार रकम भने केही ठूला डिबेञ्चर कारोबारकै कारण उच्च देखिन थालेको हो।नेपाल स्टक एक्सचेन्जको फ्लोरसिट हेर्दा पछिल्ला दिनमा केही डिबेञ्चरको मूल्य र कारोबार परिमाण दुवै...

