Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पूँजीकोषको व्यवस्थापनका लागि नवील बैंकले अग्राधिकार सेयर जारी गर्ने, अन्यलाई पनि मार्गप्रशस्त

Global IME Bank Limited
पूँजीकोषको व्यवस्थापनका लागि नवील बैंकले अग्राधिकार सेयर जारी गर्ने, अन्यलाई पनि मार्गप्रशस्त
Nabil Bank Limited

काठमाण्डौ । नवील बैंक लिमीटेडले प्रिपेचुअल प्रकृति(अपरिवर्तनीय प्रकृति)को अग्राधिकार सेयर र ८ वर्षे अवधिको ऋणपत्र निश्कासनको निर्णय गरेको छ।  

बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत दरको सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर र '८% नवील डिवेञ्चर-२०८९'(८ वर्ष अवधिको)को जारी गर्ने निर्णय गरेको हो ।  

नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा रु. १०० का दरले ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयरको रकम फिर्ता नहुने(प्रिपेचुअल) प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवर(प्राइभेट प्लेसमेन्ट)बाट मात्र बिक्री गरिने गरी जारी गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, नियामक निकायहरुबाट स्वीकृत प्राप्त भएपछि वार्षिक ८ प्रतिशत नै ब्याज पाउने गरी '८% नवील डिवेञ्चर २०८९'(८ वर्ष अवधिको) जारी गर्ने निर्णय समेत भएको छ ।  

किन यस्तो निर्णय भयो ?

पछिल्लो समय नवील बैंकले पूँजीकोषको दवाब झेलिरहेको छ । विद्यमान व्यवस्थाअनुसार भारित जोखिम  सम्पत्तिअनुसार स्वपूँजीसहितको प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पुरक पूँजीकोष २.५ सहित कुल पूँजीकोष न्यूनतम ११ प्रतिशत कायम हुनैपर्छ ।  

पूँजीकोष टाइट हुँदा विगतमा एनआईसी एशिया बैंकलाई राष्ट्रबैंकले लाभांश वितरणमै रोक लगाएको थियो ।  

पूँजीकोष टाइट भएकै कारण पछिल्लो समय केही बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा छन् भने केही बैंकले लाभांश नै बाँड्न नपाउने अवस्था बनेको छ ।  

यस्तै, दवाबमा पछिल्लो समय नवील बैंक पनि पर्दै आएको छ । पूँजीकोषकै कारण भविष्यमा हुनसक्ने थप अप्ठ्यारो अवस्थालाई समयमै विश्लेषण गर्दै नवील बैंकले अग्राधिकार सेयर र ऋणपत्र निश्कासनको निर्णय गरेको देखिन्छ ।  

यो बीचमा कतिपय बैंकले पूँजीकोषको दवाबबाट उम्किन राष्ट्रबैंकसँग हकप्रद सेयर निश्कासनको माग पनि गर्दै आएका थिए । पूँजीकोषकै कारण लाभांश बाँड्न नपाएको एनआईसी एशियाले त ३० प्रतिशतसम्म हकप्रद निश्कासनका लागि पटक पटक केन्द्रीय बैंकमा दवाब दिएको थियो । तर, हकप्रद निश्कासनको स्वीकृति दिन केन्द्रीय बैंक तयार भएन ।  

हकप्रद निश्कासनबाट पूँजी बढाउने बैंकहरुको योजनामा राष्ट्रबैंकले साथ नदिएपछि अन्य विकल्पको रुपमा नवीलले अग्राधिकार सेयर र ऋणपत्रको बाटो रोजेको हो ।  

अग्राधिकार सेयर जारी गरेर पनि पुँजीकोष व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय नयाँ परिस्थितिमा नवील बैंकले नौलो प्रयोगको रुपमा अगाडि ल्याउन खोजेको छ । कृषि विकास बैंकले ६ प्रतिशतको लाभांश दर राखेर यसअघि ५ अर्ब ४३ करोडको यस्तै सेयर जारी गरेको थियो ।  

एभरेष्ट बैंकले चाहिँ केही फरक ७ प्रतिशत लाभांशसहित निश्चित अन्तरालमा साधारण सेयरमा परिणत हुँदै जाने परिवर्तनीय अग्राधिकार सेयर जारी गरेको थियो ।  

कृषि विकास बैंकको जस्तो अपरिवर्तनीय र एभरेष्टको जस्तो परिवर्तनीय अग्राधिकार सेयर जारी गरेर पनि पूँजीकोषको व्यवस्थापन गर्न सकिन्छ । नवीलले कृषिको जस्तै विकल्प रोजेको हो ।  

विज्ञहरुको तर्कलाई आधार मान्ने हो भने यस्तो सेयर जारी गर्दा चुक्तापूँजीको भारबाट मुक्ति पाउँदै बैंकहरुको वित्तीय सूचकमा सुधार आउने र अर्कोतर्फ बैंकहरुको पूँजीकोषको समस्या समेत समाधान हुनेछ ।  

यस्ता अग्राधिकार सेयरधनीलाई निश्चित दरमा लाभांश दिए पुग्ने हुँदा कमाई बढेको अवस्थामा र नाफा बढी भएको अवस्थामा सेयरधनीले पाउने लाभांश समेत ह्वात्तै बढ्छ ।  

नवीलको यो प्रयोगले पूँजीकोषको दवाबबाट छटपटिरहेका अन्य बैंकहरुलाई समेत मार्गप्रशस्त हुने आशा गर्न सकिन्छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.