शनिबार, असार ६,२०८३ 10:27:13
Bizshala
  • शनिबार, असार ६,२०८३ 10:27:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सहमतिबाट महाधिवेशन सक्ने रविको चाहना, पदाधिकारीमा बढ्दो दाबीले रास्वपाभित्र शक्ति परीक्षण

Laxmi Sunrise Bank Limited
सहमतिबाट महाधिवेशन सक्ने रविको चाहना, पदाधिकारीमा बढ्दो दाबीले रास्वपाभित्र शक्ति परीक्षण
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनलाई लिएर नयाँ हलचल सुरु भएको छ। सभापति रवि लामिछानेले महाधिवेशनलाई सकेसम्म सहमतिमै टुंग्याउने संकेत दिए पनि पदाधिकारीका विभिन्न पदमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा चितवन महाधिवेशन शक्ति सन्तुलनको परीक्षण बन्ने देखिएको छ।

असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनले रास्वपाको सांगठनिक भविष्य मात्र होइन, पार्टीभित्र पुराना कोर टिम, चुनावअघि समाहित भएका विवेकशील पृष्ठभूमिका नेता तथा पछिल्लो समय प्रभाव बढाएका नेताहरूबीचको भूमिका पनि निर्धारण गर्नेछ।

पार्टीको कोर टिममा लामो समयदेखि सक्रिय केन्द्रीय सदस्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल उपसभापति पदको दौडमा उत्रिने तयारीमा रहेको चर्चा छ। पार्टी सहप्रवक्ता समेत रहेकी रावलले निकट नेताहरूसँग यस विषयमा छलफल बढाएको स्रोतहरू बताउँछन्।

Bizshala
New Office
CG Motors

पूर्वपत्रकार रावल रास्वपा गठनअघि नै रवि लामिछानेसँग निकट रहेर काम गर्ने टोलीमा थिइन्। ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा उनी लामिछानेको कोर टिममा सक्रिय थिइन् भने पार्टी गठनपछि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा समेत रहेकी थिइन्। अहिले उनी महिला उपसभापति पदमा दाबी प्रस्तुत गर्ने तयारीमा रहेको बुझिएको छ।

यता, रास्वपामा चुनावअघि समाहित भएको पूर्वविवेकशील समूह पनि यसपटक पदाधिकारी तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिमा देखिएको छ। पूर्वविवेकशील साझा पार्टीका नेताहरू समीक्षा बास्कोटा, पुकार बम र रञ्जु दर्शनाले विभिन्न पदमा प्रतिस्पर्धाको तयारी थालेका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समेत रहेकी समीक्षा बास्कोटा उपसभापति पदमा आकांक्षी रहेको चर्चा छ। विवेकशील साझा पार्टीको नेतृत्व गरिसकेकी बास्कोटाको दाबीले रास्वपाको नेतृत्व संरचनामा पूर्वविवेकशील समूहको प्रभाव कति स्थापित हुन्छ भन्ने प्रश्नलाई समेत अगाडि ल्याएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी, विवेकशील पृष्ठभूमिकी पूर्वमहामन्त्री रञ्जु दर्शना सहमहामन्त्री पदमा दाबी गर्ने तयारीमा छिन्। पार्टीभित्र अपेक्षाकृत कम जिम्मेवारी पाएको महसुस गरिरहेकी रञ्जुले महाधिवेशनमार्फत औपचारिक नेतृत्व तहमा स्थान बनाउने प्रयास गर्न सक्ने नेताहरू बताउँछन्।

रास्वपाबाट २०७९ कै निर्वाचनमा प्रतिस्पर्धा गरेका सांसद पुकार बम पनि सहमहामन्त्री पदका आकांक्षी हुन्। केन्द्रीय सदस्यका रूपमा रहेका बमलाई पार्टीमा थप जिम्मेवारी दिनुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको चर्चा छ।

रास्वपाको महाधिवेशनमा मुख्य चासो भने सभापति लामिछानेले अघि सारेको सहमतिको मोडेल सफल हुन्छ कि पदाधिकारी चयनमा खुला प्रतिस्पर्धा हुन्छ भन्नेमा केन्द्रित छ। बिहीबार बसेको सचिवालय बैठकमा लामिछानेले भर्खरै पार्टीमा समायोजन भएका नेताहरूलाई प्रतिस्पर्धाबाट मात्र नेतृत्वमा आउन भन्नु न्यायोचित नहुने धारणा राखेका थिए।

यसले पदाधिकारी तहमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास हुने संकेत दिएको छ। तर आकांक्षीहरूको संख्या बढ्दै जाँदा सहमति जुटाउन सहज नहुने देखिन्छ। केन्द्रीय सदस्य पदमा भने मतदान हुन सक्ने सम्भावना छ।

रास्वपाको प्रस्तावित नेतृत्व संरचनामा एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहने व्यवस्था छ।

पहिलो महाधिवेशनमा रास्वपाले पदाधिकारी चयनलाई सहमतिमा टुंग्याउन सके पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्न सजिलो हुन सक्छ। तर सहमतिका नाममा केही समूह वा आकांक्षीहरू पाखा परेको अनुभूति बढेमा यही महाधिवेशनले पार्टीभित्र नयाँ गुटगत समीकरणको आधार पनि तयार पार्न सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.