शनिबार, असार ६,२०८३ 10:14:22
Bizshala
  • शनिबार, असार ६,२०८३ 10:14:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बर्ड फ्लु लुकाइएको आरोपपछि जावलाखेल चिडियाखानामा हलचल, प्रमुख साह हटाइए; ३ सदस्यीय छानबिन समिति गठन

Laxmi Sunrise Bank Limited
बर्ड फ्लु लुकाइएको आरोपपछि जावलाखेल चिडियाखानामा हलचल, प्रमुख साह हटाइए; ३ सदस्यीय छानबिन समिति गठन
Shivam Cement

काठमाण्डौ । जावलाखेलस्थित सदर चिडियाखानामा फैलिएको अत्यन्त संवेदनशील बर्ड फ्लु संक्रमणको सूचना समयमै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयसम्म नपुर्‍याएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि विभागीय छानबिन सुरु भएको छ। संक्रमण फैलँदै जाँदा पनि केन्द्रलाई जानकारी नदिइएको विषयलाई कोषले गम्भीर प्रशासनिक लापरबाहीका रूपमा लिएको छ।

कोषकी अध्यक्ष तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनपछि साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाएर केन्द्रीय कार्यालयमा तानिएको हो। उनको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

Bizshala
New Office
CG Motors

बर्ड फ्लु जस्तो जनस्वास्थ्य, वन्यजन्तु संरक्षण र जैविक सुरक्षासँग प्रत्यक्ष जोडिएको संक्रमणलाई ‘गुपचुप’ राखिएको आरोपले चिडियाखाना व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। कोषले संक्रमण कसरी फैलियो, कति समयदेखि फैलिरहेको थियो, कुन तहमा सूचना रोकियो र जोखिम नियन्त्रणका लागि किन तत्काल कदम चालिएन भन्ने विषयमा छानबिन केन्द्रित गर्ने भएको छ।

यसका लागि कोषका प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

पशु सेवा विभागको नमुना परीक्षणबाट चिडियाखानाभित्र एच फाइभ एन वान बर्ड फ्लु पुष्टि भएको थियो। संक्रमणका कारण बकुल्ला, लाटोकोसेरो र गिद्धजस्ता पन्छी मात्र होइन, नीरबिरालो र चरीबाघजस्ता वन्यजन्तुमा समेत संक्रमण देखिएको बताइएको छ।

स्रोतका अनुसार चिडियाखानामा करिब १० दिनअघिदेखि पन्छी तथा केही जनावर मर्ने क्रम सुरु भएको थियो। तर, त्यसबारे कोषको केन्द्रीय कार्यालयलाई औपचारिक जानकारी नदिइएको आरोप छ। मृत्युको क्रम नरोकिएपछि मात्रै नमुना परीक्षण गरिएको र त्यसपछि बर्ड फ्लु पुष्टि भएको देखिएको हो।

Garima Development Bank
Shivam Cement
Bizshala

वन्यजन्तु संरक्षण क्षेत्रमा बर्ड फ्लु केवल पशु स्वास्थ्यको मुद्दा होइन। यो संक्रमण नियन्त्रणमा ढिलाइ हुँदा चिडियाखानाभित्र रहेका दुर्लभ प्रजाति, कर्मचारी, दर्शक तथा वरपरको जैविक प्रणालीसम्म जोखिम फैलिन सक्ने सम्भावना रहन्छ। त्यसैले सूचना प्रवाहमा भएको भनिएको कमजोरीलाई कोषले सामान्य प्रशासनिक त्रुटिका रूपमा नभई गम्भीर संवेदनशीलताको अभावका रूपमा हेरेको छ।

पछिल्ला समय चिडियाखानामा देखिएका श्रृङ्खलाबद्ध घटनाबीच बर्ड फ्लु संक्रमणसम्बन्धी रिपोर्टिङ ढिलाइ भएको विषयले व्यवस्थापन प्रणाली, निगरानी संयन्त्र र आपत्कालीन प्रतिक्रिया क्षमतामाथि प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदनपछि साहमाथि थप कारबाही हुने वा नहुने टुंगो लाग्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.