चालु आवको पाँच महिनामा बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.९ प्रतिशतले वृद्धि भई ७५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा निक्षेप २८१ अर्ब ८९ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७ प्रतिशत (१७२ अर्ब ३२ करोड रुपैयाँ) ले वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा २०८२...

