धरान औद्योगिक क्षेत्रमा थपिए पाँच नयाँ उद्योग, ३५ करोड लगानी र ३५० रोजगारी सिर्जना हुने
काठमाण्डौ । धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिएका छन्। लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेर नयाँ उद्योगलाई स्थान दिइएको हो। नयाँ उद्योगबाट करिब ३५ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिने र ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

