तीन लघुवित्त मात्रै २५% सम्म लाभांश बाँड्न सक्ने अवस्थामा, अधिकांश १५ र १०% मा सीमित
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरुका लागि लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरेको छ । सो बमोजिम लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर...