प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंकका अध्यक्ष मसातो कान्दाबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकास प्राथमिकता, एडीबीले गर्दै आएको सहयोग, आगामी साझेदारी तथा सहुलियतपूर्ण ऋण परिचालनलगायत विषयमा छलफल भएको थियो।

