विश्वकप हेर्न निस्किएका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
काठमाण्डौ । विश्वकप फुटबल अवलोकनका लागि अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको छ।दुवै जना मंगलबार बिहान अन्तर्राष्ट्रिय उडानमार्फत अमेरिका प्रस्थान गर्ने तयारीमा विमानस्थल पुगेका थिए।

