फाइनान्स सेक्टरप्रति लगानीकर्ताको मोह हराउँदै, ८३.४०% ले घट्यो कारोबार
काठमाण्डौ । पछिल्लो समय फाइनान्स समूहमा लगानीकर्ताहरुको मोह हराउँदै गएको छ । फाइनान्स कम्पनीहरुमा आकर्षण घट्न थालेपछि यो समूहको कारोबार रकम ८३.४० प्रतिशतले घट्न पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स समूहको २२ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ८४.४०...

