रौतहटमा करिब ९० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद
काठमाण्डौ । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोलबाट प्रहरीले अवैध रूपमा भण्डारण गरिएको करिब ९० लाख १६ हजार रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट, प्रहरी चौकी बंकुल र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार साँझ बाटो छेउमा त्रिपालले छोपेर राखिएको अवस्थामा उक्त बीउ फेला पारेको हो।

