मंगलवार, श्रावण १२,२०८३ 10:49:22
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:49:22
Bizshala
Global IME Bank Limited

रौतहटमा करिब ९० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद

रौतहटमा करिब ९० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद
New Office

काठमाण्डौ । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोलबाट प्रहरीले अवैध रूपमा भण्डारण गरिएको करिब ९० लाख १६ हजार रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट, प्रहरी चौकी बंकुल र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार साँझ बाटो छेउमा त्रिपालले छोपेर राखिएको अवस्थामा उक्त बीउ फेला पारेको हो। 

प्रहरीका अनुसार साँझ करिब ७ः३० बजे नेपालबाट भारततर्फ अवैध निकासी गर्ने उद्देश्यले राखिएको बीउ नियन्त्रणमा लिइएको थियो।

बीउ बरामद गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।  

घटनाका क्रममा भएको झडपमा तीन जना स्थानीय र तीन जना प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार घटनास्थलबाट ३२२ बोरा फर्सीको बीउ बरामद गरिएको छ।  

प्रत्येक बोरामा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बीउ रहेको छ।

प्रति बोरा २८ हजार रुपैयाँका दरले गणना गर्दा बरामद बीउको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.