अर्थमन्त्रीको १०० दिने प्रगति विवरण : इतिहासकै ठूलो वित्तीय अपराधमा अनुसन्धानदेखि पूर्वाधार विकास शुल्कमा ५०% छुट
काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको १०० दिन पुरा भएको अवसरमा अर्थमन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले यस अवधिमा विभिन्न कानूनी तथा नीतिगत सुधारसँगै नतिजामुखी तथा नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने कार्यहरु गरेको उल्लेख गरेको छ । मन्त्रालयले १०० दिनमा १२० वटा स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बरसहित...

