छानबिन गर्ने व्यक्ति नै शंकाको दायरामा, गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
काठमाडौं । भदौ २३–२४ का घटनाको छानबिन गर्न गठित न्यायिक आयोगकै अध्यक्ष गौरीबहादुर कार्की माथि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिसको छ । आयोगले कार्कीका सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि र आन्दोलनताकाको भूमिकाले प्रदर्शनकारीलाई थप उत्तेजित बनाएको थियो कि भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो ।

