ग्लोबल आइएमई क्यापिटलले डाक्यो साधारण सभा, २०% नगद लाभांश पारित गरिने
काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभाभ असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ ।