दश महिनामा सरकारले गर्यो ११.७३ खर्ब खर्च, नगद मौज्दात कति ?
काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ । समीक्षाअवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पँुजीगत खर्च १ खर्ब १३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ४५ अर्ब २ करोड रहेको छ ।समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा...

