ग्रासरुट फुटबलमा हुन्डाई नेपालको लगानी, ‘नेक्स्ट जेन कप’को उपाधि टिम भेन्यूलाई
काठमाण्डौ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको पहिलो ‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न भएको छ।ललितपुरको च्यासल मैदानमा आयोजित एकदिने यू–१६ फुटबल प्रतियोगितामा आठ टोलीका ८० जना प्रतिभाशाली युवा खेलाडी सहभागी भएका थिए। नेपाली फुटबलको नयाँ पुस्तालाई प्रतिस्पर्धात्मक अवसर प्रदान...

