प्रधानमन्त्री कार्कीद्वारा स्वास्थ्य बीमा समस्या समाधानका लागि सर्वपक्षिय बैठक आह्वान
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न सक्रिय पहल सुरु गरेकी छन्। यसै क्रममा, उनले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू, स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गर्न सर्वपक्षिय बैठक आह्वान गरेकी छन् ।

