शुक्रबार, असार २७,२०८२ 02:42:08
  • शुक्रबार, असार २७,२०८२ 02:42:08
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्डका लागि छनोट भएका ११० जना डाक्टरले नियुक्ति पत्र लिन गरे अस्वीकार, यस्तो छ कारण

Hyundai Nepal
स्वास्थ्य बीमा बोर्डका लागि छनोट भएका ११० जना डाक्टरले नियुक्ति पत्र लिन गरे अस्वीकार, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । स्वाास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० जनामध्ये ११० जना मेडिकल अधिकृतले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै ११० जना मेडिकल अधिकृतले नियुक्तिपत्र नलिने निर्णय गरेका हुन् ।  

मेडिकल अधिकृतहरुले दैनिक ४ सय दाबी मूल्यांकन गर्ने लक्ष्य अव्यवहारिक र कार्यसमयमा थप ओभरटाइम गर्ने व्यवस्था श्रम अधिकार विपरीत भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनीहरुले कार्य विवरणको बुँदा नम्बर ११ मा उल्लेखित प्रत्येक कार्यदिन ४ सय वटा दाबी मूल्यांकन गर्नुपर्ने वा २५ देखि ३० लाख रुपैयाँसम्मको मूल्यांकन पुरा गर्नुपर्ने लक्ष्यलाई अव्यवहारिक बताउँदै आपत्ति जनाएका हुन् ।  

यसका साथै बुुँदा नम्बर १२ मा तोकिएको कार्यसमय (बिहान १० देखि साँझ ५ बजेसम्म)मा लक्ष्य पुरा गरेपछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने व्यवस्था पनि श्रम अधिकार विपरीत रहेको भन्दै यो व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।  

त्यस्तै कार्य विवरण अनुसारको कार्य सम्पन्न भएको व्यहोरा सुपरभाइजरबाट प्राप्त भएपछि मात्रै पारिश्रमिक भुक्तानी गरिने व्यवस्थामा पनि उनीहरुको चित्त नबुझेपछि नियुक्तिपत्र लिन अस्वीकार गरेका हुन् ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.