आइएमई खल्तीको सीईओमा प्रविण रेग्मी नियुक्त
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन्।आज बसेको सञ्चालक समितीको ११ औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आजदेखि लागु हुनेगरी सीईओ नियुक्त गरेको हो।

