वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा विस्फोटक वृद्धि, १० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात
काठमाण्डौं । नेपालको अर्थतन्त्र अझै पेट्रोलियम पदार्थमाथिको उच्च निर्भरताबाट मुक्त हुन नसकेको तथ्य वीरगञ्ज नाकाको पछिल्लो आयात तथ्यांकले फेरि उजागर गरेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामै वीरगञ्ज नाका हुँदै मात्रै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

