ईङवा हाईड्रोपावरको ४५.३६ लाख कित्ता सेयरको लक इन अवधि वैशाखमा समाप्त हुने
काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लक इन अवधि वैशाख २६ गते समाप्त हुन लागेको हो ।

