न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद बढ्यो कुल लगानी
काठमाण्डौ । सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद पनि कुल लगानी बढेको छ । आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार आर्थिक वर्ष कुल लगानी १०.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो लगानी १५.६ प्रतिशतले बढेर रु.२१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान छ । पछिल्लो दशक कुल लगानी कुल गार्हस्थ्य उत्पादनको औसत ३४.२६ प्रतिशत रहेको छ।चालु आर्थिक वर्ष कुल स्थिर लगानी १८.६...

