देशभर पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायम, कोशी, बागमती र गण्डकीका विभिन्न स्थानमा वर्षा
काठमाण्डौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको आसपास तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न भू-भागमा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको हो ।

