शुक्रबार, जेष्ठ १,२०८३ 08:49:58
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:49:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देशभर पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायम, कोशी, बागमती र गण्डकीका विभिन्न स्थानमा वर्षा

Laxmi Sunrise Bank Limited
देशभर पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायम, कोशी, बागमती र गण्डकीका विभिन्न स्थानमा वर्षा
Shivam Cement

काठमाण्डौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको आसपास तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मौसमी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न भू-भागमा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको हो ।

Bizshala
New Office
CG Motors

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहेको छ ।  

मौसममा आएको परिवर्तनका कारण केही स्थानमा वर्षा भइरहेको छ भने आगामी केही दिन मौसम थप प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक/दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।  

उच्च हिमाली तथा पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने पूर्वानुमान गरेको छ ।  

तराई क्षेत्रका अधिकांश स्थानमा भने आंशिक बदली रहने सम्भावना रहेको छ ।

मौसम प्रणाली सक्रिय रहेकाले दिउँसोपछि वर्षाको गतिविधि थप बढ्न सक्ने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

त्यस्तै, अन्य हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा तराई क्षेत्रका एक/दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस्तै, आज रातिको समयमा पनि मौसम पूर्ण रूपमा सफा नहुने महाशाखाको पूर्वानुमान छ ।  

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।

रातिको समयमा कोशी र मधेश प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।  

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।  

विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु तथा किसानलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तथा बाहिरी गतिविधि सञ्चालन गर्न सुझाव दिइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.