जापानको सेयरबजारले बनायो रेकर्ड
काठमाण्डौ । जापानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै आज जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स नयाँ उचाईमा पुगेको हो । निक्की २२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा बन्द भएको छ । यो अहिलेसम्मकै उच्च क्लोजिङ हो । इन्ट्रा डे कारोबारमा भने निक्की२२५ इन्डेक्स ४२ हजार ९९९.७१ विन्दुसम्म पुगेको...