बाढीपहिरोको असरः आठ सडक पूर्ण अवरुद्ध, छ सडकमा एकतर्फी सवारी
काठमाण्डौ । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका आठवटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। अन्य छवटा सडकमा भने एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित राजदुवालीमा सडक अवरुद्ध भएपछि झापा–ताप्लेजुङ सडकखण्डमा सवारी आवागमन रोकिएको छ। उक्त सडकको वैकल्पिक मार्गबाट...

