ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ
काठमाण्डौ । ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई पक्राउ गरिएको हो।

