मंगलवार, असार १६,२०८३ 02:08:23
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:08:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट

Laxmi Sunrise Bank Limited
ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट

काठमाण्डौ । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारी ऋणसम्बन्धी कामका लागि फिल्डमा जाँदा गम्भीर दुर्व्यवहारको शिकार भएका छन्। कर्जा असुलीको सिलसिलामा पुगेका बैंकका प्रतिनिधिमाथि कालोमोसो दल्ने, कुटपिट गर्ने तथा गालीगलौज गर्ने घटना भएको हो।

New Office
CG Motors
Garima Development Bank

बैंककाअनुसार उक्त घटना मंसिर २५ गते घटेको हो। कर्जाको किस्ता लामो समयदेखि नियमित नहुँदा समाधान खोज्ने उद्देश्यले ऋणी पक्षसँग छलफल गर्न पुगेका कर्मचारीमाथि आक्रमण भएको  हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंककाअनुसार घटनामा संलग्न व्यक्तिहरू ऋणी तथा उनका आफन्त र कर्जाका ग्यारेन्टर रहेका प्रारम्भिक जानकारी प्राप्त भएको छ। कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित व्यवहारबारे नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत औपचारिक जानकारी गराइसकिएको बैंक स्रोतले जनाएको छ ।

 यो घटना भएकै दिन दुर्गा प्रसाईंको बैंकविरोधी अभियानका एक नेताले सो बारेमा सामाजिक सञ्जालमा लेखेका थिए । मंसिर २५ गते बिहानै नागरिक बचाउ अभियानका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवी संग्रौलाले फेसबुकमा सो घटनाको विषयमा लेखेका थिए ।  

पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी फिल्डमा खटिँदा यस्ता दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

खाएको ऋण उठाउन वा सो विषयमा छलफल गर्न पुग्ने बैंकका कर्मचारीहरुलाई यस्ता आक्रमणका घटना हुँदा समेत स्थानीय प्रशासनले प्रभावकारी ढंगले एक्सन लिन नसकेको बैंकरहरुको गुनासो छ । यस्ता घटनाको विषयमा केन्द्रीय बैंकले पनि गृह मन्त्रालयलाई दवाब सिर्जना गर्न नसकेकोमा बैंकरहरु रुष्ट छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.