कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि, बजेटमार्फत जनविश्वास फर्काउने सरकारको प्रयास
काठमाण्डौं । कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन बुधबार अपराह्न ३ बजेदेखि शुरु हुँदैछ। आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र कानूनी एजेन्डामाथि केन्द्रित यो अधिवेशनलाई प्रदेश सरकारका लागि केवल संवैधानिक दायित्व पूरा गर्ने प्रक्रिया मात्र नभई आफ्नो राजनीतिक विश्वसनीयता जोगाउने अवसरका रूपमा समेत हेरिएको छ।

