नगर प्रहरी सडकबाट हटेपछि न्यूरोडमा फर्कियो पुरानै बेथिति, पार्किङदेखि फुटपाथ व्यापारसम्म
काठमाण्डौ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी सडकमा परिचालन हुन छाडेपछि न्यूरोड क्षेत्रमा फेरि जथाभाबी पार्किङ, फुटपाथ अतिक्रमण र सवारी जामको समस्या देखिन थालेको छ।आइतबार न्यूरोडका मुख्य तथा भित्री सडकको दृश्य केही दिनअघिको भन्दा फरक देखिन्थ्यो। सडक किनारमा मोटरसाइकल तथा अन्य सवारी साधन अव्यवस्थित रूपमा पार्किङ गरिएका थिए भने केही स्थानमा फुटपाथमै व्यापार...

