काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण, न्यूनतम ४० अङ्क ल्याउनेलाई प्रारम्भिक योग्यतासहित उत्तीर्ण सूचीमा
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले आइतबार सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गर्दै १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी दिएको छ।महानगरका अनुसार परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने परीक्षार्थीहरूलाई प्रारम्भिक योग्यताका आधारमा उत्तीर्ण सूचीमा समावेश गरिएको हो।

