काबेली इनर्जीले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । काबेली इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३ गते काठमाण्डौको थापाथलीमा रहेको ट्रेड टावरमा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

