अमेरिका–इरान वार्ताको आशामा कच्चा तेलको मूल्य दुई साताकै न्यून
काठमाण्डौं । अमेरिका–इरान सम्बन्धमा सम्भावित सुधारको संकेत देखिएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । दुई देशबीच शान्ति समझदारीतर्फ प्रगति भइरहेको चर्चा बढेपछि सोमबार विश्व बजारमा तेलको भाउ पछिल्ला दुई साताकै तल्लो स्तरमा झरेको हो ।

