दिल्लीमा विद्यार्थी आन्दोलन चर्कियो, बंगालबाट थप २० कम्पनी सुरक्षाकर्मी झिकाइँदै
काठमाण्डौ । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (सिजेपी) ले दिल्लीको जन्तर–मन्तरमा सुरु गरेको प्रदर्शन बुधबार थप चर्किएको छ।बिहानैदेखि हजारौँ प्रदर्शनकारी जन्तर–मन्तरमा भेला भएका छन्। माग सम्बोधन नभए लाखौँ मानिसलाई सडकमा उतार्ने आन्दोलनकारीले चेतावनी दिएका छन्।सम्भावित तनावलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद् भवन, रफी...

