कालिन्चोक हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि लम्बिएको छ । कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ । मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरि निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

