कर्णाली–गण्डकीको नीति तथा कार्यक्रम पारित, अब बजेट निर्माणमा केन्द्रित प्रदेश सरकार
काठमाण्डौँ । कर्णाली र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत गरेका वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अब दुवै प्रदेश सरकारले आगामी बजेट निर्माणलाई अन्तिम रूप दिने तयारी थालेका छन्।

