आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा समेत गिरावट आएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ५७ लाखको तुलनामा ४३.२७ प्रतिशतले कम हो । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०३...